शुक्रवार, कार्तिक २१ २०८३
६ कात्तिक, काठमाडौं। त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना खुला गरेको छ।
त्रिवि शिक्षाध्यक्षको कार्यालयले सूचना जारी गर्दै मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र कानुन संकायअन्तर्गतका विभिन्न विषय तथा कार्यक्रमहरूमा भर्ना आह्वान गरेको हो।
विश्वविद्यालयले सम्बन्धित संकाय तथा अध्ययन संस्थानअन्तर्गत सञ्चालन हुने स्नातकोत्तर तहका कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीलाई तोकिएको प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको छ।
भर्नासम्बन्धी विस्तृत विवरण, आवेदन प्रक्रिया, योग्यता, समयसीमा तथा सम्बन्धित कार्यक्रमबारे जानकारी त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ।
