शुक्रवार, कार्तिक २८ २०८३
काठमाडौं । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) र नीमा एजुकेसन फाउन्डेसनबीच शैक्षिक सहकार्यका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
दुई संस्थाबीच शैक्षिक साझेदारी स्थापना गर्ने उद्देश्यले उक्त समझदारीपत्रमा हस्ताक्षर गरिएको पानका अध्यक्ष सुदाम गौतमले बताउनुभयो।

यस सहकार्यले शिक्षा क्षेत्रमा आपसी समन्वय र सहकार्य विस्तार गर्नुका साथै शैक्षिक उत्कृष्टता प्रवर्द्धन गर्न तथा शिक्षाको विकास र उन्नयनका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
दुवै संस्थाले साझा उद्देश्य प्राप्तिका लागि सहकार्य गर्दै नेपालको शैक्षिक क्षेत्रलाई थप सुदृढ र उपलब्धिमूलक बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।