Nov 14 2026 | २०८३, कार्तिक २९ गते

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका ग्रामथानका शिक्षकविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका ग्रामथानका शिक्षकविरुद्ध मुद्दा दायर

  • 221
    SHARES

  • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेका ग्रामथानका शिक्षकविरुद्ध मुद्दा दायर

    काठमाडौं, कार्तिक २७ गते । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षण सेवामा प्रवेश गरेका मोरङको ग्रामथान गाउँपालिकाका एक शिक्षकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । ग्रामथान गाउँपालिका–५ स्थित श्री आदर्श निकेतन आधारभूत विद्यालयका निम्न माध्यमिक तह (राहत) गणित शिक्षक सुरेन्द्र कुमार विश्वास थारु विरुद्ध आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

    आयोगका अनुसार शिक्षक थारुले वि.सं. २०६३ साल असार १५ गतेदेखि उक्त विद्यालयमा गणित विषयको राहत शिक्षक पदमा नियुक्ति लिएका थिए । सेवा प्रवेशका लागि उनले भारतको 'बिहार स्कुल एग्जामिनेसन बोर्ड' बाट जारी भएको भनिएको आई.एस्सी. (I.Sc.) तहको प्रमाणपत्र पेस गरेका थिए ।

    भारतीय नक्कली प्रमाणपत्र पेस गरी नियुक्ति लिएको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो । छानबिनका क्रममा उनले पेस गरेको उक्त शैक्षिक प्रमाणपत्र झुट्टा तथा नक्कली रहेको पुष्टि भएपछि आयोगले उनीविरुद्ध कानुनी कारबाही अघि बढाएको हो ।

    नक्कली प्रमाणपत्रका आधारमा राष्ट्रसेवकको ओहदा प्राप्त गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहरसहित आयोगले सोही ऐन अनुसार सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    FB_IMG_1794567924157.jpg

    images
    शुक्रवार, कार्तिक २८ २०८३०४:५६:४३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार