Nov 14 2026 | २०८३, कार्तिक २९ गते

सिरानचोकका १५ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

सिरानचोकका १५ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

  • 164
    SHARES

  • सिरानचोकका १५ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

    गोरखा । सिरानचोक गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १५ वटा माध्यमिक विद्यालयहरूमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । गाउँ कार्यपालिकाको मिति २०८३/०७/१७ को निर्णय अनुसार शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम ९३ बमोजिम योग्य र इच्छुक स्थायी शिक्षकहरूबाट आवेदन माग गरिएको हो ।

    गाउँ कार्यपालिकाको कार्यालय (छोप्राक, गोरखा) ले मिति २०८३/०७/२७ मा प्रथम पटक सूचना प्रकाशित गर्दै १५ दिनभित्र दरखास्त पेश गर्न अनुरोध गरेको छ । सूचना अनुसार गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा कार्यरत माध्यमिक तहका स्थायी शिक्षकहरूले गाउँपालिकाभित्रका जुनसुकै विद्यालयमा प्रधानाध्यापक पदका लागि आवेदन दिन सक्नेछन् ।

    दरखास्त आह्वान गरिएका विद्यालयहरू:

    • वडा नं. १: श्री नेपाने मा.वि.

    • वडा नं. २: श्री आहाल भञ्ज्याङ मा.वि. र श्री झिम्रेक महिपत्ते मा.वि.

    • वडा नं. ३: श्री चम्पावती मा.वि. र श्री महेन्द्र लिला मा.वि.

    • वडा नं. ४: श्री धर्मावती मा.वि.

    • वडा नं. ५: श्री चित्रेपोखरी मा.वि. र श्री मण्डली मा.वि.

    • वडा नं. ६: श्री संसारी महेन्द्र मा.वि., श्री कृष्ण ज्योति मा.वि. र श्री हिमाली मा.वि.

    • वडा नं. ७: श्री चन्द्रोदय मा.वि. र श्री जनकल्याण मा.वि.

    • वडा नं. ८: श्री परोपकार आदर्श मा.वि. र श्री जनज्योति मा.वि.

    न्यूनतम योग्यता र छनोट व्यवस्था:

    प्रधानाध्यापक पदमा उम्मेदवार बन्नका लागि माध्यमिक तहको स्थायी शिक्षक भई स्नातकोत्तर तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । यद्यपि, स्नातक तह वा सो सरह उत्तीर्ण गरी तालिम प्राप्त गरेका र पाँच वर्ष स्थायी सेवा पूरा गरेका शिक्षकले पनि दरखास्त दिन पाउने व्यवस्था गरिएको छ ।

    तोकिएको समयभित्र योग्यता पुगेका शिक्षकको दरखास्त नपरेमा वा उम्मेदवारले तोकिए बमोजिमको न्यूनतम ६० अङ्क हासिल गर्न नसकेमा सम्बन्धित विद्यालयमा कार्यरत वरिष्ठतम स्थायी शिक्षकलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइने गाउँपालिकाले स्पष्ट पारेको छ ।

    पेश गर्नुपर्ने आवश्यक कागजातहरू:

    आवेदन दिँदा उम्मेदवारको निवेदनका साथमा सम्बन्धित तहको स्थायी नियुक्ति पत्र (बढुवा सहित), न्यूनतम र माथिल्लो शैक्षिक योग्यताको लब्धाङ्कपत्र वा ग्रेड सिट, व्यवस्थापन तथा शैक्षिक तालिमको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । यसका साथै शिक्षा नियमावली, २०५९ को अनुसूची–१३ (क) को ढाँचामा तयार पारिएको विद्यालय विकास प्रस्ताव र पछिल्लो तीन वर्षमा अध्यापन गरेको विषयमा प्राप्त नतिजाको विवरण (हालको विद्यालयमा तीन वर्ष पूरा नभए अघिल्लो विद्यालयको नतिजा) पेश गर्नुपर्नेछ ।

    योग्यता पुगेका शिक्षकहरूले आवश्यक कागजातसहित सिरानचोक गाउँ कार्यपालिकाको कार्यालय वा सम्बन्धित विद्यालयको प्रशासन समक्ष दरखास्त बुझाउन सक्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत सुशील बरालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

    images
    शुक्रवार, कार्तिक २८ २०८३०६:५१:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार