Aug 13 2026 | २०८३, श्रावण २८ गते

B.Sc. इन्ट्रान्स परिक्षाकाे तालिका परिमार्जन।

B.Sc. इन्ट्रान्स परिक्षाकाे तालिका परिमार्जन।

  • 812
    SHARES

  • B.Sc. इन्ट्रान्स परिक्षाकाे तालिका परिमार्जन।

    चैत्र/१३, काठमाडौ - त्रिभुवन बिश्वबिद्धालयले B.Sc. भर्ना २०७८ को लागि लिइने इन्ट्रान्स परिक्षाको तालिका परिमार्जन गरेको छ। बिश्वबिद्धालय बिज्ञान तथा प्रबिधि अध्यायन संस्थान डिन कार्यलयले एक सुचना प्रकाशित गर्दै परिक्षा तालिका सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको हो।

    बिश्वबिद्धालयका आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा बार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने बिज्ञान तर्फ चार बर्षे स्नातक तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुजा लागि २०७८ चैत्र १९ गते प्रवेश परिक्षा तोकिएकोमा हाललाइ स्थगित गरिएको बताइएको छ। उक्त दिन समान स्तरका विभिन्न बिषयका प्रवेश परिक्षाहरुका मितिलाइ ध्यानमा राख्दै परीक्षा मिति परिमार्जन गरिएको बताइएको छ।

    बिश्वबिद्धालयले परिमार्जन गरेको प्रवेश परिक्षा मिति २०७८ चैत्र २४ गते बिहीवार अपरान्ह १ बजे ३ बजे सम्म हुने जनाइएको छ। प्रवेश परिक्षाको लागि विद्यार्थीहरुले चैत्र १५ गते १० बजे देखि वेबसाईट बाट डाउनलोड गर्ने सकिने जनाएको छ।

    FB_IMG_1648390866733.jpg

    images
    आइतवार, चैत्र १३ २०७८०८:२१:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार