Aug 13 2026 | २०८३, श्रावण २८ गते

एमबीबीएस पढाउन रु २० लाख सहयोग? अध्यायन पछि ५ बर्ष गाउपालिका भित्र सेवा गर्नुपर्ने ।

एमबीबीएस पढाउन रु २० लाख सहयोग? अध्यायन पछि ५ बर्ष गाउपालिका भित्र सेवा गर्नुपर्ने ।

  • 691
    SHARES

  • एमबीबीएस पढाउन रु २० लाख सहयोग? अध्यायन पछि ५ बर्ष गाउपालिका भित्र सेवा गर्नुपर्ने ।

    असार, १३ काठमाडौ । ताप्लेजुङको जिल्लाको मैवाखोला गाउपालिकाले MBBS पढ्न चाहने र मेडिकल प्रवेश परिक्षा पास गरेको मध्य एक जना विद्यार्थीहरुलाइ २० लाख आर्थिक सहयोग रने निर्णय गरेको छ। MBBS अध्यायन पश्चात् ५ बर्ष गाउपालिकामै सेवा गर्नुपर्ने सर्त सहित सो सहयोग गर्ने निर्णय गरेको हो।

    पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने लक्ष्य सहित गाउपालिकाको ११ औँ सभाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको बताइएको छ। प्रवक्ता चन्द्रकुमार तामाङका अनुसार आगामी आर्थिक वर्ष २०७९–८० को बजेटबाट एमबीबीएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको र प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने निर्णय गरेको छ।

    MBBS पढिसकेपछी दुर्गम गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।

    त्यसैगरी पालिकाले आफ्नो क्षेत्र भित्र बसोबास गर्ने ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ । त्यसकालागी गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फारर्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए ।

    त्यसैगरी गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पु¥याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

     

    images
    सोमवार, आषाढ १३ २०७९०३:४५:२१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार