Oct 02 2026 | २०८३, आश्विन १६ गते

प्रमाणपत्र तह नर्सिङको लागी भर्ना खुल्यो। (सम्पूर्ण विवरणसहित)

प्रमाणपत्र तह नर्सिङको लागी भर्ना खुल्यो। (सम्पूर्ण विवरणसहित)

  • 699
    SHARES

  • प्रमाणपत्र तह नर्सिङको लागी भर्ना खुल्यो। (सम्पूर्ण विवरणसहित)

    साउन, ३१ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) ले प्रमाणपत्र तह नर्सिङ कार्यक्रमकालागि भर्ना खुला गरेको छ। परिषदले शैक्षिकसत्र २०७९/८० को पूर्ण शुल्कीय विद्यार्थी भर्नाकालागि आवेदन खुला गरेको हो ।

    परिषदले एक बिज्ञापन प्रकाशित गर्दै चिकित्सा शिक्षा ऐन अनुसार मापदण्ड पुगेका सिटिइभिटिबाट स्विकृत ३३ वटा कलेजलाई मात्र अध्यापनको अनुमति दिएकोमा विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा आवेदन दिन सक्ने जनाएको छ । 

    आयोगले भर्नाका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्युनतम सि ग्रेड प्राप्त गरी न्युनतम जिपिए २ प्राप्त गरेको हुनुपर्ने जनाएको छ ।

    आयोगले निर्धारण गरेको कोटा अनुसार १,२४० जनाले पूर्ण शुल्कमा पढ्नुपर्ने छ भने ९१ जनाले निःशुल्क नर्सिङ पढ्न पाउने भएका छन् ।

    इच्छुक योग्यता पुगेका विद्यार्थीहरुले भदौ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने प्रवेश परीक्षा भदौ १७ गते दिउँसो ३ बजेदेखी सञ्चालन हुने जानकारी दिएको छ ।

    Screenshot_20220816-073552_Chrome.jpgScreenshot_20220816-073622_Chrome.jpgScreenshot_20220816-073832_Chrome.jpg

    images
    मंगलवार, श्रावण ३१ २०७९०८:०४:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार