बिहिवार, भाद्र २ २०७९
भदौ, २ काठमाडौ । प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को प्री- डिप्लोमा तहको नि:शुल्क औधोगिक प्रशिक्षार्थी प्रशिक्षण तालिमका लागि आवेदन फारम खुला गरिएको छ। CTEVT तालिम बिकास महासाखाको समन्वयमा शैक्षिकसत्र २०७९/८० मा नि:शुल्क शंचालन गरिने २४ महिना अवधिको औधोगिक प्रशिक्षार्थी तालिमको लागि आवेदन खुला गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकहरुले सिटिइभिटिका आंङ्गिक, साझेदार, टेक्स सामुदायिक बिद्यालयहरुमा भर्नाका लागी प्रशिक्षार्थी छनोट गरि आवेदन भारम भर्न सकिने छ। फारम भर्न भदौ ३ देखि २१ गते सम्म सम्बन्धित बिद्यालयहरु वा www.ctevtexan.org.np अर्थात www.enssure.org.npबाट डाउनलोड गरि फारम नि:शुल्क भर्न सकिने छ।
प्रवेश परिक्षाका लागि भदौ २५ गते शनिवार ११ बजे सम्बन्धित शिक्षालयहरु मा तोकिएको छ भने, अन्तर्वार्ता सोहि दिनकै २५ गते हुने छ।

