Aug 13 2026 | २०८३, श्रावण २८ गते

डिप्लोमा प्रमाणपत्र तहको रिक्त कोटामा बर्गिकृत छात्रवृत्तिको लागि आवेदन माग।

डिप्लोमा प्रमाणपत्र तहको रिक्त कोटामा बर्गिकृत छात्रवृत्तिको लागि आवेदन माग।

  • 547
    SHARES

  • डिप्लोमा प्रमाणपत्र तहको रिक्त कोटामा बर्गिकृत छात्रवृत्तिको लागि आवेदन माग।

    मंसिर, २० काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तहको रिक्त कोटा/सिटमा बर्गिकृत छात्रवृत्तिको लागि आवेदन माग गरेको छ। प्रदेश कार्यालय, प्रदेश नं. १ इटहरीले डिप्लोमा तथा प्रमाण-पत्र तहको वर्गीकृत /निःशुल्क छात्रवृत्तितर्फ रिक्त कोटा/ सिटहरूमा आवेदन माग गरेको हो ।

    सीटीईभीटीले डिप्लोमा तहका अधिकांश कार्यक्रममा विद्यार्थी नपाएपछि पुनः जुनसुकै समूहका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने गरी सूचना जारी गरेको सूचनामा उल्लेख गरेका छ । सीटीईभीटीले डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९ तथा पूर्व सूचनामा उल्लेख भए बमोजिम प्रदेश कार्यालयमा मंसिर २५ गतेभित्र आवेदन बुझाउन सक्ने छन्।

    सिटिइभिटिले प्रदेश नं. १ ले गत कार्तिक ७ गते प्रकाशन गरेको सूचना अनुसार शैक्षिक सत्र २०७९–८० का लागि डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति तर्फका सबै शैक्षिक कार्यक्रममा सम्बन्धित वर्गका वैकल्पिक उम्मेदवारहरूलाई योग्यता क्रमानुसार सिफारिस गरिएको भए पनि विद्यार्थी भर्ना नभएपछि पुनः सूचना जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

    त्यसैगरी डिप्लोमा इन इन्फमेर्सन टेक्नोलोजी तथा एनिमल साइन्स कार्यक्रममा केही सिट रिक्त रही कुनै पनि वैकल्पिक तथा उत्तीर्ण सूचीमा उम्मेदवारहरू नरहेकोले छात्रवृत्ति निर्देशिका २०७९ को २३ ग (ई) बमोजिम असोज ५ गते प्रकाशित वर्गीकृत (निःशुल्क) छात्रवृत्ति प्रवेश परीक्षाको जुनसुकै कार्यक्रमको उत्तीर्ण सूचीमा रहेका योग्य उम्मेदवारहरू मध्येबाट योग्यता क्रमानुसार सिफारिस गर्नुपर्ने भएकोले इन्छुक उम्मेदवारहरू कार्यलयमा सम्पर्क गर्नसक्ने जनाइएको छ।

    यस्तो छ सूचना ।

    Screenshot_20221205-074548_Facebook.jpg

    images
    सोमवार, मंसिर १९ २०७९१०:२२:४१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार