बुधवार, मंसिर २१ २०७९
मंसिर, २१ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले सम्बन्धन स्वीकृति नभएका शिक्षण संस्थामा भर्ना नगर्न विद्यार्थी तथा अभिभावकहरुलाई ध्यानाकर्षण गरेको छ ।
सिटिइभिटिले एक बिज्ञप्ति जारी गर्दै स्वीकृति नलिई केही शिक्षण संस्थाले विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्ना आह्वान गरेको पाइएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो बिज्ञप्ति जारी गरेको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) ऐन २०४५ तथा परिषद् नियमावली २०५१ अनुसार प्रमाणपत्र –डिप्लोमा तह सम्मका कार्यक्रम सञ्चालन –स्वीकृति दिने कानुनी अधिकार यस परिषद् समक्ष रहेकोमा यस परिषद्बाट सम्बन्धन नलिइ प्रशिक्षार्थी भर्ना गर्नु गैरकानुनी भएको भन्दै यस्तो कार्य कर्ने शिक्षक सस्थामाथी कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
विज्ञप्तिमा भनिएको छ । ‘प्रचलित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५, परिषद् नियमावली २०५१ विपरीत हुने गरी विद्यार्थी प्रशिक्षार्थी भर्ना गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने व्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’
