बिहिवार, माघ १९ २०७९
माघ, १९ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीको आ.प्र. खुला तथा समावेशी प्रतियोगितात्मक परिक्षामा उतिर्ण उमेदवारहरुको मामिला प्रस्तुतीकरण, कम्प्युटर दक्षता सीप परिक्षण, प्रयोगात्मक अभ्यास तथा अन्तर्वार्ता सम्बन्धी जरुरी सूचना प्रकाशित भएको छ।
परिसदको पदपूर्ति तथा बढुवा समितिको मिति २०७६ माघ २४ सुचना अनुरुप केन्द्रिय कार्यलय र अन्तर्गतका अन्तर्गतका कार्यलयहरुला रिक्त भएका पदहरुमा पदपुर्ती गर्न लोक सेवा आयोगले संचालन गरेको परिक्षामा उत्तिण भएका परिक्षार्थीहरुको अन्तर्वार्ता सम्बन्धी सुचना प्रकाशित भएको हो।
उतिर्ण उमेदवारहरुले सिटिइभिटीमा तोकिएको समय सिमा भित्र प्रवेशपत्र, नागरिकता र दर्खास्तका साथ पेश गरेको शैक्षिक योग्यताको शक्कल प्रमाणपत्र र सहित उपस्थिती हुनुपर्ने छ। साथै अन्तर्वार्ताका दिन सार्वजनिक बिदा पर्न गएमा समेत अन्तर्वार्ता कार्यक्रम यथावत संचालन हुने सुचनामा उल्लेख गरिएको छ।





