शुक्रवार, भाद्र १ २०८०
भदौ- १, काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा/प्रमाणपत्र तह तथा प्रि–डिप्लोमा तहको वर्गीकृत (नि:शुल्क) छात्रवृत्ति कार्यक्रमहरूको प्रवेश परीक्षा केन्द्र कायम गरेको छ ।
सिटिइभिटी परीक्षा नियन्त्रण कार्यलयले असार २९ गते र साउन १९ गते प्रकाशित प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने सूचना अनुसार भदौ २ गते संचालन हुने प्रवेश परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको अनलाइन मार्फत फाराम भरेका र प्रवेश परीक्षाका लागि थपिएको म्यादभित्र पर्न आएका आवेदनहरूलाई समेत समावेश गरी सम्बन्धित परिषद्, प्रदेश कार्यालयहरूबाट परीक्षा केन्द्रका लागि सिफारिस भई आए बमोजिम परीक्षा केन्द्र कायम गरिएको जनाएको छ ।