Aug 13 2026 | २०८३, श्रावण २८ गते

नर्सिङ नाम दर्ता परीक्षा पिसिएल नर्सिङमा १ हजार २७० मध्य २ सय ४६ मात्रै पास।

नर्सिङ नाम दर्ता परीक्षा पिसिएल नर्सिङमा १ हजार २७० मध्य २ सय ४६ मात्रै पास।

  • 665
    SHARES

  • नर्सिङ नाम दर्ता परीक्षा पिसिएल नर्सिङमा १ हजार २७० मध्य २ सय ४६ मात्रै पास।

    मंसिर, १० काठमाडाैँ । नेपाल नर्सिङ परिषद्ले पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित गरेको छ । आइतबार एक सूचना जारी गर्दै परिषद्ले नतिजा प्रकाशित गरिएको जानकारी दिएको हो । 

    परिषदले सार्वजनिक गरेको नतिजा अनुसार स्टाफ नर्स (पीसीएल नर्सिङ) कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९दशमलव ३४ प्रतिशत मात्रै पास भएका छन्। अर्थात स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा २१ प्रतिशतमात्रै पास भएका छन भने ८१ प्रतिशत विद्यार्थीहरु फेल भएका छन्।

    त्यसैगरी हिजो नै लिइएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन्। यद्यपि पीसीएलको भन्दा नतिजा केही सुधार देखिएको छ। बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन् ।

    परिषद्ले शनिबार सम्मन्न गरेको ३४ औँ नाम दर्ता परीक्षाका लागि नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टर तोकिएको थियो। विस्तृत नतिजा परिषद्को वेबसाइट र नेपाल नर्सिङ परिषद्को सूचना पाटीमा  हेर्न सकिने जनाइएको छ । 

    साथै, परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आगामी परीक्षामा सामेल हुन पाउनेछन् भने उत्तीर्ण भएका परीक्षार्थीहरूले अनलाइन लगइन  गरी रु १२०० खल्तीमार्फत भुक्तानी गरी प्रमाणपत्रका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

    प्रमाण पत्र लिन आउँदा परीक्षाका लागि पेस गरेका सम्पूर्ण शैक्षिक प्रमाण पत्रहरू लगायत नागरिकताको सक्कल प्रति, प्रवेश पत्रमा भएको फोटोको सक्कल २ प्रति र अनलाइन लगइन लिएर परिषद्‌मा आउनुपर्ने सूचनामा उल्लेख छ ।

     

    images
    आइतवार, मंसिर १० २०८०१०:०९:५२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार