Aug 13 2026 | २०८३, श्रावण २८ गते

विद्यार्थीहरुलाई अवसर : सिटिइभिटीद्वारा विशेष मौका परीक्षाका लागि आवेदन माग।

विद्यार्थीहरुलाई अवसर : सिटिइभिटीद्वारा विशेष मौका परीक्षाका लागि आवेदन माग।

  • 795
    SHARES

  • विद्यार्थीहरुलाई अवसर : सिटिइभिटीद्वारा विशेष मौका परीक्षाका लागि आवेदन माग।

    माघ, १० काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले विशेष मौका (आंशिक) परीक्षाको आवेदन फाराम माग गरेको छ ।

    सिटिइभिटिका आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा शैक्षिक सत्र २०७२–७३ (२०१५ इस)  सम्म रजिस्ट्रेसन कायम भएका डिप्लोमा तहका बार्षिक तथा सेमेस्टर प्रणालीका विद्यार्थीको लागि विशेष मौका (आंशिक) परीक्षाको आवेदन फाराम माग गरेको हो।

    डिप्लोमा तह प्रथम वर्ष प्रथम खण्ड, दोस्रो खण्ड, दोस्रो वर्ष, प्रथम खण्ड र दोस्रो खण्ड, तेस्रो वर्ष प्रथम खण्ड, दोस्रो खण्ड तथा वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विभिन्न कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको अन्तिम परीक्षामा अनुत्तीर्ण भएका एवं प्रि(डिप्लोमा तहको हकमा शैक्षिक सत्र २०६५–०६६ देखि २०७४–०७५ सम्म (२०६५ सालदेखि २०७४ सालसम्म – २०१७ इ.सं.) सम्म रजिस्ट्रेसन कायम भई पाठ्यक्रमले निर्धारण गरेको समयावधिभित्र परीक्षा दिई अनुत्तीर्ण भएका विद्यार्थीहरूको विशेष मौका (आंशिक) परीक्षा काठमाडौँ उपत्यकामा सञ्चालन हुने भएकोले २०८० माघ २४ गतेभित्र नियमित शुल्कमा र  फागुन ३ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भरी सम्बन्धित प्रदेश कार्यलयमा बुझाउन सूचित गरेको छ ।

    बिस्तृत जानकारीका लागि हेर्नुस सूचना ।

    FB_IMG_1706059584570.jpg

     

    images
    बुधवार, माघ १० २०८००७:३३:२६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार