Aug 13 2026 | २०८३, श्रावण २८ गते

सिटिईभिटीको प्रि–डिप्लोमा तहको मौका परीक्षाको परीक्षा फारम खुल्यो (सूचना सहित)

सिटिईभिटीको प्रि–डिप्लोमा तहको मौका परीक्षाको परीक्षा फारम खुल्यो (सूचना सहित)

  • 714
    SHARES

  • सिटिईभिटीको प्रि–डिप्लोमा तहको मौका परीक्षाको परीक्षा फारम खुल्यो (सूचना सहित)

    माघ, २९ काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्(सिटइिभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको (एक विषय) मौका परीक्षाको परीक्षा फाराम खुलेको छ।

    सिटिइभिटीबाट सम्बन्धन/स्वीकृति प्राप्त गरी परिषद्का आङ्गिक, साझेदार, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गरेका तथा निजी स्तरमा प्रि–डिप्लोमा तहका सम्पूर्ण कार्यक्रमहरू (प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम र २४ महिने अप्रेन्टिसिप समेत) सञ्चालन गर्ने शिक्षालयका परीक्षार्थीहरुका लागि एक बिषय मौका परीक्षाको परीक्षा फाराम खुलेको हो ।

    परीक्षा सम्बन्धी नियमावली २०७१ को नियम ३ ख (४) बमोजिम २०८० वैशाख महिनामा सञ्चालन भएको वार्षिक परीक्षामा सम्मिलित नियमित तर्फका परीक्षार्थीहरू मध्येबाट सैद्धान्तिकतर्फ एक विषय मात्र अनुत्तीर्ण भएका आंशिक परीक्षार्थीहरूले एक विषयको मौका परीक्षामा सहभागि हुन पाउने छन् ।

    परीक्षार्थीको हकमा २०८० माघ २९ गतेदेखि फागुन १४ गतेसम्म र शिक्षालयको हकमा (रकम दाखिला गरेको बैंक भौचर सहित) २०८० फागुन १५ गतेसम्म आवेदन बुझाउनु पर्ने सूचनामा उल्लेख छ । साथै फागुन २६ गते शनिबार बिहान ८ः०० बजे परीक्षा सञ्चालन हुने जनाएको छ । 

    यस्तो छ सूचना ।

    Screenshot_20240212-072940_Facebook.jpg

    images
    सोमवार, माघ २९ २०८००८:१२:३२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार