Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रि-डिप्लोमा तहको मौका परीक्षाको परीक्षा केन्द्र कायम

प्रि-डिप्लोमा तहको मौका परीक्षाको परीक्षा केन्द्र कायम

  • 630
    SHARES

  • प्रि-डिप्लोमा तहको मौका परीक्षाको परीक्षा केन्द्र कायम

    फागुम, २० गते काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको एक विषयको मौका परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।

    मिति २०७० माघ २९ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित प्रि–डिप्लोमा तहका सम्पूर्ण कार्यक्रमहरू (प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति र औद्योगिक प्रशिक्षार्थी २४ महिने कार्यक्रम समेत) अध्ययन गरेका परीक्षार्थीहरूको २०८० वैशाख महिनामा सञ्चालन भएको वार्षिक परीक्षामा नियमित तर्फका परीक्षार्थीहरू मध्येबाट सैद्धान्तिक तर्फ एक विषय मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरूलाई एक विषयको मौका परीक्षाका लागि परीक्षा केन्द्र कायम गरिएको हो ।

    परीक्षा फाराम भरेका परीक्षार्थीहरूको यही फागुन २६ गते शनिबार बिहान ८ः०० बजेदेखि सञ्चालन हुने सैद्धान्तिक परीक्षा सम्बन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसमा परीक्षा केन्द्रहरू कायम गरिएको जनाएको छ । परीक्षा केन्द्र कायम गरिएको विस्तृत सूचना परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।

    यस्तो छ सूचना ।

    FB_IMG_1709428131966.jpg

    images
    आइतवार, फाल्गुण २० २०८००७:०८:४०

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार