सोमवार, फाल्गुण २१ २०८०
फागुन, २१ गते काठमाडौ । अखिल (क्रान्तिकारी)ले प्राबिधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई कार्वाहिको माग गरेको छ। सिटिइभिटिमा चरम अनियमितता र अबैधानिक कार्य गरेको भन्दै बैद्य निकट क्रान्तिकारीले उपाध्यक्ष अधिकारीलाई कार्बाहीको माग अघि सारेको हो ।

अखिल क्रान्तिकारीका सहसंयोजक बिरेन्द्र शाहले सिटिईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीलेलाई कार्बाहीका लागि सोमबार देशभरका सिटिभिटीको कलेज, प्रदेशकार्यलय र सिटिइभिटी केन्द्रिय कार्यलयमा कालो ब्यानर टाँसेर आन्दोलन गरिएको बताए ।

क्रान्तिकारी केन्द्रीय निर्णय अनुरुप २१ फागुनदेखि २४सम्म कालो ब्यानरदेखि पुत्ला दहनका कार्यक्रम गरिनेछन ।
यसअघि सिटिईभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले भ्रष्टाचार गरेको भन्दै बैद्य क्रान्तिकारीले उनीमाथि मोसो दलेको थियो । कालो मोसो दलेको भन्दै क्रान्तिकारीका दुई जना केन्द्रिय नेता नवराज भट्ट र डिबी शाहीलाई पक्राउ गरेको थिए। उनिहरुले नेताद्वय भट्ट र शाहिलाई रिहाइको माग गर्दै आन्दोलन समेत घोषणा गरेका छन।
