Aug 13 2026 | २०८३, श्रावण २८ गते

सिटिइभिटीद्वारा तालिम कार्यक्रम नविकरण को लागि ५ दिन समय थप।

सिटिइभिटीद्वारा तालिम कार्यक्रम नविकरण को लागि ५ दिन समय थप।

  • 651
    SHARES

  • सिटिइभिटीद्वारा तालिम कार्यक्रम नविकरण को लागि ५ दिन समय थप।

    जेठ, १३ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) स्तर निर्धारण तथा सम्बन्धन महाशाखाले शैक्षिक सत्र २०८१/०८२ का लागि तालीम कार्यक्रम नवीकरण गर्न छुट हुन गएका शिक्षण संस्थाहरूलाई नवीकरणका लागि म्याद थप गरेको छ।

    सिटिइभिटि प्रि-डिप्लोमा तथा प्रमाण पत्र/डिप्लोमा तहका तालीम कार्यक्रमको सम्बन्धन/स्वीकृति लिएका शिक्षण संस्थाहरूलाई परिषद् कार्यालयको मिति २०८० फागुन ३० गतेको निर्णयानुसार नवीकरण गर्न २०८० चैत ०१ गतेको गोरखापत्र र परिषद् कार्यालयको वेबसाइटमा सूचना प्रकाशित गरिएकोमा तोकिएको समय सीमाभित्र नवीकरण गर्न छुट भएका शिक्षण संस्थाहरूले मिति २०८१ जेठ १३ देखि जेठ१७ सम्म थप ५ दिन भित्र नविकरण गर्नुपर्ने छ।

    परिषदले TMIS शुल्क रु. २,०००/- प्रति संस्था सहित नवीकरण शुल्क नियमित शुल्कको अतिरिक्त दोब्बर दस्तुर जम्मा गरी मिति २०८० चैत ०१ गते प्रकाशित सूचनामा उल्लेख भएका कागजातहरूको विवरण नोटरी प्रमाणित गराई कार्यक्रम नवीकरण गर्न म्याद थप गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।

    1000004438.png

    images
    आइतवार, जेठ १३ २०८१०७:४२:४२

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार