Oct 02 2026 | २०८३, आश्विन १६ गते

डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षाको तालिका प्रकाशित

डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षाको तालिका प्रकाशित

  • 907
    SHARES

  • डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षाको तालिका प्रकाशित

    असार, ३ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालय सानोठिमिले डिप्लोमा/प्रमाणपत्र तहको एक विषय मौका परीक्षाको परिक्षा तालिका सार्वजनिक गरेको छ।

    सिटिइभिटीले मिति २०८१ जेठ ३ गते प्रकाशित एक विषयको मौका परीक्षामा आवेदन फाराम भर्ने बारेको सूचनाबमोजिम आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरू र विशेष छात्रवृत्ति कार्यक्रमतर्फ डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गरी तेस्रो वर्ष दोस्रो खण्डमा मात्र कुनै एक विषयको सैद्धान्तिक परीक्षा अनुत्तीर्ण भएका प्रशिक्षार्थीहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो।

    सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत रीतपूर्वकको आवेदन फाराम भरेका डिप्लोमा तहका सिभिल, हाइड्रोपावर, इलेक्ट्रिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स, मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, आर्किटेक्चर, सूचना प्रविधि, जियोमेटिक्स, मेकाट्रोनिक्स, रेफ एण्ड एसी. सोसियल वर्क र फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रमहरूको एक विषयको मौका (आंशिक) परीक्षा तालिका सार्वजनिक गरेको छ।

    परिक्षा २०८१ साल असार १५ गते बिहान ७:०० बजे काठमाडौँ उपत्यकामा सञ्चालन गरिने छ। विस्तृत परीक्षा तालिका www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।

    Polish_20240617_073919626.png

    images
    सोमवार, आषाढ ३ २०८१०८:०६:२५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार