Oct 02 2026 | २०८३, आश्विन १६ गते

सीटीईभीटीद्वारा छात्रवृत्तिको लागि आवेदन माग (सूचनासहित)

सीटीईभीटीद्वारा छात्रवृत्तिको लागि आवेदन माग (सूचनासहित)

  • 633
    SHARES

  • सीटीईभीटीद्वारा छात्रवृत्तिको लागि आवेदन माग (सूचनासहित)

    असार, १५ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परिक्षा नियन्त्रण कार्यलयबाट सञ्चालन गरिने डिप्लोमा तथा प्रमाणपत्र तह र प्रि-डिप्लोमा तहकाका विभिन्न कार्यक्रममा छात्रवृत्तिको लागि आवेदन माग गरेको छ।

    परिषदले शैक्षिक सत्र २०८१–८२ मा डिप्लोमा तथा प्रमाणपत्र तहमा ३ हजार ७६३ जना र प्रि-डिप्लोमा तहकालागि एक हजार ६४७ जना विद्यार्थीलाई वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको हो ।

    सिटिइभिटी अन्तर्गत सरकारी, सामुदायिक र आङ्गिक शिक्षालयहरूबाट एसएलसी÷एसईई÷प्रि–डिप्लोमा उत्तीर्ण गरेका शैक्षिक सत्र २०८१–०८२ मा “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८१” बमोजिम परिषद्बाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आङ्गिक, साझेदारी, टेक्स तथा निजी शिक्षालयहरूमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा भर्नाका लागि आवेदन माग गरेको सुचनामा उल्लेख छ।

    इच्छुक विद्यार्थीबाट साउन ४ गते शुक्रबारभित्र रीतपूर्वक आवेदन फाराम भर्न जानकारी दिएको छ।

    यस्तो छ सूचना 

    1719637972126.jpg1719637974391.jpg1719637976534.jpg1719637978633.jpg

    images
    शनिवार, आषाढ १५ २०८१११:२२:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार