Aug 13 2026 | २०८३, श्रावण २८ गते

सिटिइभिटी छात्रवृत्तिको लागि आवेदन दिने म्याद थप ।

सिटिइभिटी छात्रवृत्तिको लागि आवेदन दिने म्याद थप ।

  • 532
    SHARES

  • सिटिइभिटी छात्रवृत्तिको लागि आवेदन दिने म्याद थप ।

    साउन,५ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यवसाियक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा तथा प्रि डिप्लोमा तहको वर्गीकृत (निशुल्क) छात्रवृत्ति तर्फको प्रवेश परीक्षाको अनलाइन आवेदन फारम भर्ने समय थप गरेको छ ।

    सिटिइभिटिले गत असार १५ गतेको प्रकाशित सूचना अनुसार अनलाइन आवेदन फाराम भर्ने म्याद साउन ४ गते सम्म रहेकोमा मुलिकमा बाढि पहिरो लगाएत प्राकृतिक बिपत्तिको कारण फारम भर्न आवस्यक प्रमाणपत्रहरु लिन असहज कठिनाइ भएको भनी गुनासो आएकोले दुई दिन अर्थात भोलि साउन ६ गतेसम्म म्याद थप गरिएको जनाइएको छ।

    परीक्षा नियन्त्रण कार्यालयबाट शैक्षिक शत्र २०८१/०८२ का लागि परिषदका आंगिक, साझेदारी, टेक्स तथा निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त शिक्षण संस्थाहरुको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति कोटामा अध्ययन गर्नका लागि डिप्लोमा/प्रमाणपत्र तहका र प्रि–डिप्लोमा तहका विभिन्न कार्यक्रमहरुमा आवेदन माग गरेको थियो।

    आवेदकहरुले अनलाइनमा आवेदन फाराम भर्दा कागजातहरु संलग्न नगरेकोले आवश्य कागजात संलग्न गर्ने स्थानमा अन्य कागजातहरु संलग्न गरेको पाइएकोले त्यस्ता आवेदकलाई अनलाइनमा व्यक्तिगत विवरण र कोटा अनुसारको कागजातहरु संलग्न गरी र संशोधन गर्न भनिएको छ ।

    FB_IMG_1721401558409.jpg

    images
    शनिवार, श्रावण ५ २०८१०७:३७:०५

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार