सोमवार, श्रावण ७ २०८१
साउन, ७ काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा तहको एक विषयको मौका (आंशिक) परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ।
परिषद्ले प्रि-डिप्लोमा तहका सम्पूर्ण कार्यक्रमहरू (२४ महिने अप्रेन्टिसिप कार्यक्रम समेत) सञ्चालन गर्ने शिक्षालयहरूका लागि परीक्षा सम्बन्धी विनियमावली २०७१ को नियम ३ ख (४) बमोजिम २०७९ सालमा रजिस्ट्रेसन कायम भएका नियमित तर्फका २०८० भदौ असोज (१२६), २०८० मङ्सिर (१५+३) मा वार्षिक परीक्षामा सम्मिलित भएका र २०७८ सालमा रजिस्ट्रेसन कायम भएका नियमित तर्फका २०८० माघ/फागुन (अप्रेन्टिसिप २४ महिने) मा वार्षिक परीक्षामा सम्मिलित परीक्षार्थीहरू मध्येबाट मात्र सैद्धान्तिकतर्फ एक विषय मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरुको परिक्ष केन्द्र कायम भएको हो।
एक विषयको मौका परीक्षाको आवेदन फाराम भर्ने बारेको सूचना बमोजिम मिति २०८१ असर ११ गते प्रकाशित सूचनामा प्रत्येक प्रदेशमा एक (१) वटा परीक्षा केन्द्र कायम हुने उल्लेख भए अनुसार प्रि-डिप्लोमा तहको एक विषयको मौका (आशिक) को सैद्धान्तिक परीक्षा सम्बन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसमा मिति २०८१ साउन ०६ गतेको निर्णयानुसार परीक्षा केन्द्र कायम गरिएको सुचनामा उल्लेख छ।
परीक्षा मिति २०८१ साउन १२ गते विहान ८:०० बजेदेखि सञ्चालन हुने छन। परीक्षा केन्द्र परिषको वेबसाइट www.ctevtexam.org.np मा प्रकाशित गरिएको छ।
