बुधवार, भाद्र १२ २०८१
भदौ, १२ गते काठमाडौ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ।
मिति २०८१असार १७ र २०८१ साउन १० गते प्रकाशित सूचना अनुसार परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक परीक्षा प्रणाली अन्तर्गतका प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा, मेडिकल ल्याव टेक्नोलोजी, रेडियोग्राफी, सामान्य चिकित्सा आयुर्वेद, अकुपन्चर, डेन्टल साइन्स (डेन्टल हाइजिन), अप्थाल्मिक साइन्स, मिडवाइफरी, फार्मेसी, फिजियोथेरापी, योग एन्ड नेचुरोपेथी, फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आशिक एवं कृषि (वाली विज्ञान र पशु विज्ञान) को प्रथम, दोस्रो र तेस्रो वर्षको आशिक परीक्षाहरू तथा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि (बाली विज्ञान र पशु विज्ञान) पहिलो वर्ष दोस्रो खण्ड र दोस्रो वर्ष दोस्रो खण्डको नियमित तथा आंशिक परिक्षा केन्द्र कायम गरेको छ।
साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, लोपोन्मुख जाति अन्तर्गत वार्षिक परीक्षा प्रणालीका सामान्य चिकित्सा, नर्सिङ, फिजियोथेरापी, फार्मेसी, कृषि (वाली विज्ञान र पशु विज्ञान) र फरेस्ट्री कार्यक्रमहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षा तथा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गतका डिप्लोमा इन सिभिल, सिभिल (स्पेसलाइजेसन इन हाइड्रोपावर), अटोमोवाइल, जियोमेटिक्स, इलेक्ट्रिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रॉनिक्स इन्जिनियरिङ, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ, इन्फर्मेसन टेक्नोलोजी, फुड एन्ड डेरी टेक्नोलोजी, होटल म्यानेजमेन्ट, इन्टरप्रेनरसिप डेभलपमेन्ट तथा कृषि (वाली विज्ञान र पशु विज्ञान) कार्यक्रमको पहिलो वर्ष दोस्रो खण्ड र दोस्रो वर्ष दोस्रो खण्डको नियमित / आंशिक परीक्षा समेत मिति २०८१ साउन २१ गते प्रकाशित परीक्षा तालिका बमोजिमका सम्पूर्ण सैद्धान्तिक परीक्षाहरू सञ्चालन गर्न सम्बन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसमा परीक्षा केन्द्रहरू कायम गरेको छ।
परीक्षा मिति २०८१ भदौ १९ गते विहान ७:०० बजेदेखि सञ्चालन हुने छन्। परीक्षा केन्द्रको विस्तृत विवरण www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।