Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रि-डिप्लोमा तहको स्वास्थ्यतर्फ विद्यार्थीहरुको लागी बिशेष मौका परीक्षा संचालन हुने

प्रि-डिप्लोमा तहको स्वास्थ्यतर्फ विद्यार्थीहरुको लागी बिशेष मौका परीक्षा संचालन हुने

  • 733
    SHARES

  • प्रि-डिप्लोमा तहको स्वास्थ्यतर्फ विद्यार्थीहरुको लागी बिशेष मौका परीक्षा संचालन हुने

    भदौ, १३ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिष‌द्बाट प्रि-डिप्लोमा तहको स्वास्थ्यतर्फ फेज आउट भएका कार्यक्रमहरूमा अनुत्तीर्ण परीक्षार्थीहरूका लागि विशेष मौका (आंशिक) परीक्षाको आवेदन फाराम खुलेको छ

    परिष‌द्बाट प्रि-डिप्लोमा (साविक प्राविधिक एस.एल.सी.) तहको सम्बन्धन स्वीकृत प्राप्त गरी आङ्गिक, साझेदारी, सामुदायिक विद्यालयहरूमा प्राविधिक शिक्षा (TECS) कार्यक्रम र निजी स्तरमा सम्बन्धन/स्वीकृति प्राप्त शिक्षण संस्थाहरूको स्वास्थ्यतर्फ फेज आउट भएका कार्यक्रमहरूमा अनुत्तीर्ण रहेका प्रशिक्षार्थीहरूका लागि बिशेष मौका परीक्षा संचालन हुने भएको हो।

    परीक्षा कात्तिक/मङ्सिर महिनामा सञ्चालन हुने छ। परीक्षाका लागि सम्बन्धित शिक्षण संस्थाले परीक्षामा सम्मिलित हुन सम्बन्धित प्रशिक्षार्थीहरूबाट परीक्षा आवेदन फाराम भराई तपसिलको शर्त नं. १ अनुसार तोकिएको मितिभित्र र तपसिलको शर्त नं. ८ मा उल्लेख गरिए बमोजिमको परीक्षा शुल्क बुझाएको बैंक भौचरको प्रति आवेदन फारामका साथ अनिवार्य रूपमा बुझाउन सुचित गरेको छ।

    विस्तृत जानकारीका लागि परिषदको वेबसाइट www.ctevtexam.org.np मा राखिएको हेर्न सकिने छ।

    FB_IMG_1724812723066.jpg

    images
    बिहिवार, भाद्र १३ २०८१०७:४३:२३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार