Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्रि-डिप्लोमा तहको औधोगिक परिक्षार्थी तालिमका लागि आवेदन माग (सूचना सहित)

प्रि-डिप्लोमा तहको औधोगिक परिक्षार्थी तालिमका लागि आवेदन माग (सूचना सहित)

  • 716
    SHARES

  • प्रि-डिप्लोमा तहको औधोगिक परिक्षार्थी तालिमका लागि आवेदन माग (सूचना सहित)

    असोज, ४ गते काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले प्रिडिप्लोमा तहको औद्योगिक प्रशिक्षार्थी तालीम (Apprenticeship) कार्यक्रममा निःशुल्क प्रशिक्षणका लागि आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८१–०८२ मा निःशुल्क सञ्चालन गरिने प्रि(डिप्लोमा तहको २४ महिना अवधिको शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन माग गरेको हो ।

    सिटिइभिटिका आङ्गिक, साझेदार तथा TECS सामुदायिक विद्यालयहरूमा प्रशिक्षार्थी छनोट गरी भर्ना गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको छ । समग्र मूल्याङ्कन १०० पूर्णाङ्कमध्ये (आवेदन फाराम मूल्याङ्कन -२०, उद्योगरव्यवसायको सिफारिस पत्र २०, लिखित प्रवेश परीक्षा ३० र अन्तर्वार्ता ३०) प्राप्ताङ्कको योगफल तथा कार्यक्रम र कोटाका आधारमा न्यूनतम ३५ अङ्क प्राप्त गर्ने परीक्षार्थी योग्यता क्रमानुसार छनोट हुने परिषद्ले जनाएको छ ।

    साथै यस सम्बन्धी विस्तृत विवरण प्रि(डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी तालीम (अप्रेन्टिसि) प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन निर्देशिका, २०७९ (संशोधन सहित) मा व्यवस्था भए बमोजिम प्रशिक्षार्थी छनोट, भर्ना र मूल्याङ्कन गराउन परिषदले सूचना जारी गरेको छ ।

    यस्तो छ सूचना ।

    FB_IMG_1726795307419.jpgFB_IMG_1726795309836.jpgFB_IMG_1726795311978.jpgFB_IMG_1726795314643.jpgFB_IMG_1726795316166.jpgFB_IMG_1726795317775.jpgFB_IMG_1726795319320.jpg

    images
    शुक्रवार, आश्विन ४ २०८१०७:४४:५१

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार