Aug 13 2026 | २०८३, श्रावण २८ गते

सिटिइभिटी: डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र कायम

सिटिइभिटी: डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र कायम

  • 1.3K
    SHARES

  • सिटिइभिटी: डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र कायम

    चैत, १० गते/ काठमाडौं। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षाको परीक्षा केन्द्र कायम गरेको छ ।

    सिटिइभिटिका आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र सोसियल वक्र्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट, ब्युटी एन्ड कस्मेटोलोजी र कृषि ( बाली विज्ञान र पशु विज्ञान) कार्यक्रमहरूको प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डको नियमित/आंशिक परीक्षाहरूको परीक्षा केन्द्र कायम गरेको हो ।

    साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम र विपन्न÷प्राविधिक शिक्षामा पहुँच नपुगेका पालिका) अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङतर्फ अध्ययन गरेका विभिन्न कार्यक्रमहरूका प्रथम वर्ष प्रथम खण्ड, दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्डका नियमित/आंशिक, डिप्लोमा इन मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट्स प्रथम वर्ष आंशिक, द्वितीय वर्ष नियमित र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, विपन्न, हलिया, कमैया, अपाङ्गता भएका, द्वन्द्व पीडित/शहीद/जनआन्दोलन घाइते परिवार, आदिवासी जनजाति तथा प्राविधिक शिक्षामा पहुँच नपुगेका स्थानीय तह) अन्तर्गत अध्ययनरत परीक्षार्थीहरूका लागि डिप्लोमा इन फार्मेसी प्रथम वर्षको नियमित परीक्षा समेत गत फागुन ११ गते प्रकाशित परीक्षा तालिका बमोजिम हुने जनाएको छ ।

    यसैगरी सम्पूर्ण सैद्धान्तिक परीक्षाहरू सञ्चालन गर्न सम्बन्धित परिषद्, प्रदेश कार्यालयको सिफारिसमा परीक्षा केन्द्रहरू कायम गरी चैत १७ गतेदेखि बिहान ७ः०० बजेदेखि सञ्चालन हुने परिषद्ले जनाएको छ । परीक्षा केन्द्र कायम गरिएको विस्तृत सूचना www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।

    Screenshot_2025-03-23-07-25-53-22_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images
    आइतवार, चैत्र ९ २०८१०७:३१:४८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार