Oct 02 2026 | २०८३, आश्विन १६ गते

सीटीईभीटीको उपाध्यक्ष पदमा आवेदन माग

सीटीईभीटीको उपाध्यक्ष पदमा आवेदन माग

  • 420
    SHARES

  • सीटीईभीटीको उपाध्यक्ष पदमा आवेदन माग

    २४, मंसिर/ काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्ष पदमा आवेदन माग गरेको छ । उपाध्यक्ष पदका लागि नाम छनोट तथा सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर योग्यता पुगेका इच्छुक उम्मेदवारहरुबाट दरखास्त आह्वान गरेको हो ।

    रिक्त पदमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ को दफा ३ को उपदफा (३.२) को (३.२.२) बमोजिम नेपाल सरकारबाट मनोनयनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् नियमावली, २०५१ (पाँचौं संशोधन सहित) को नियम ३ख. को उपनियम (१) बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरूले आवेदन दिन सक्नेछन् ।

    सूचनामा लेखिएअनुसार आजबाट सात दिनभित्र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखामा दरखास्त बुझाउन भनिएको छ ।

    दरखास्तका साथ वैयक्तिक विवरण, नेपाली नागरिकताको प्रमाणपत्र, स्नातकोत्तर तहको प्रमाणपत्र (विद्यावारिधि भए सोसमेत), परिषदबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक पदमा कार्यरत नभएको स्वघोषणा र अनुभवसहितका कागजात बुझाउन भनिएको छ ।

    विस्तृत विवरण www.moest.gov.np बाट प्राप्त गर्न सकिनेछ ।

    Screenshot_2025-12-10-07-18-10-71_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

     

    images
    बुधवार, मंसिर २५ २०८२०७:२०:४६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार