Oct 02 2026 | २०८३, आश्विन १६ गते

आजबाट बिहान ९ देखि बेलुकी ५ बजेसम्म कार्यलय समय

आजबाट बिहान ९ देखि बेलुकी ५ बजेसम्म कार्यलय समय

  • 334
    SHARES

  • आजबाट बिहान ९ देखि बेलुकी ५ बजेसम्म कार्यलय समय

    भक्तपुर – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले कार्यालय समय हेरफेर सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ।

    नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत २२ गतेको निर्णय तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को निर्देशनअनुसार मिति २०८२ चैत २३ गतेदेखि परिषद् अन्तर्गतका सबै कार्यालयहरू बिहान ९:०० बजेदेखि बेलुकी ५:०० बजेसम्म सञ्चालन हुने भएका छन्।

    नयाँ व्यवस्थाअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा रहनेछ। परिषद्ले आफ्ना मातहतका सम्पूर्ण कार्यालय, समिति, प्रतिष्ठान तथा शिक्षालयहरूलाई सोही अनुसार आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएको छ।

    भक्तपुरको सानोठिमी स्थित केन्द्रीय कार्यालयबाट जारी सूचनाले प्राविधिक शिक्षा क्षेत्रमा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। यस निर्णयले कार्यालय समयलाई स्पष्ट र एकरूप बनाउँदै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने विश्वास परिषद्ले व्यक्त गरेको छ।

    FB_IMG_1775440621365.jpg

    images
    सोमवार, चैत्र २३ २०८२०७:४८:१३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार