Aug 13 2026 | २०८३, श्रावण २८ गते

माइलस्टोन स्कुलले मनायो १८ औं अभिभावक दिवस

माइलस्टोन स्कुलले मनायो १८ औं अभिभावक दिवस

  • 1.0K
    SHARES

  • माइलस्टोन स्कुलले मनायो १८ औं अभिभावक दिवस

    चैत, २९ गते काठमाडौ । माइलस्टोन युथ इङ्लिस स्कुलले १८ औं अभिभावक दिवस मनाएको छ। बुधवार स्कुल प्राङ्गणमा एक भव्य कार्यक्रमका बिच अभिभावक दिवस, तथा पुरस्कार बितरण र ग्राजुएसन कार्यक्रम सम्पन्न गरेको हो।

    20210702172802_IMG_7948~2.JPG

    कार्यक्रममा स्कुल ब्यबस्थापन समितिका अध्यक्ष क्याप्टेन बिनय गिरि सभापति तथा बागमती प्रदेश अन्तर्गत बन तथा बाताबरण मन्त्री केशब प्रसाद पोख्रेल प्रमुख अतिथि, लगाएत संस्थापक प्रिन्सिपल शिवराम गिरि, नागार्जुन नगरपालिका वडा ७ का अध्यक्ष शैलेन्द्र लामा, वडा ८ का अध्यक्ष सुरज कुमार पोखरेल, वडा नम्बर छ का अध्यक्ष देवेन्द्र राज गिरि, ब्यबस्थापन समितिका सल्लाहकार युवराज न्यौपाने लगाएत स्थानीय बुद्धिजीवी र समाजसेवीहरुको बिशेष उपस्थिति रहेको थियो।

    20210702172819_IMG_7949.JPG

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी बागमती प्रदेश अन्तर्गत बन तथा बाताबरण मन्त्री केशब प्रसाद पोख्रेलले नागार्जुन नगरपालिका अन्तर्गत माइलस्टेन युथ इङ्लिस स्कुल उत्कृष्ट रहेको बताउनुभयो । उहाँले निजि शिक्षण संस्था र सरकारी बिद्यालयहरुको सहकार्य आदानप्रदान हुनेगरी, बन तथा बाताबरण सम्बन्धी शिक्षा संचालन गर्ने र त्यो अनुरुप कार्यक्रम ल्याउने बताउनुभयो। शिक्षामा नैतिकताको पाटोको कमि देखिएले त्यसमा बिद्यालयले विशेष ध्यान दिन जरुरी छ, पोखरेलले भन्नुभयो। शिक्षण सिकाइमा मौलिक उत्पादनका कुराहरुमा बालबालिकाहरुलाइ ब्यस्त बनाउनु जरुरी रहेको बताउनुभयो ।

    20210702175414_IMG_7977~2.JPG

    त्यस्तै कार्यक्रममा बोल्दै संस्थापक प्रधानाध्यापक शिवराम गिरिले अभिभावकहरुको गतिशिलताको कारण बिद्यालयले सफलता हासिल गरेको बताउनुभयो। उहाँले बिद्यालयले उत्कृष्ट नतिजाका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएकोले अभिभावकहरुले निरन्तर बिश्वास गरेको बताउनुभयो ।

    20210702191333_IMG_8060~2.JPG

    अभिभावक दिवसको अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य, गायन तथा उद्घोषण मार्फत आफ्नो क्षमताको प्रदर्शन गरेका थिए। साथै कार्यक्रममा विद्यार्थीहरुलाई पुरस्कार बितरण गरेको थियो।

    20210702183353_IMG_8018.JPG

    माइलस्टोन युथ इङ्लिस स्कुल ऐलेसम्मको एसईईको नतिजा अनुसार उत्कृष्ट ५० बिद्यालय भित्र तीन पटक परिसकेको छ। यस बर्ष नगरपालिकाले लिइएको कक्षा ८ को नतिजा समेत सत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको बिद्यालयले जनाएको छ।

    कार्यक्रम बिद्यालयका सह-प्राचार्य दिनेश भट्टराईले संचालन गर्नुभएको थियो।

    20210702211258_IMG_8189.JPG20210702210149_IMG_8171.JPG20210702204251_IMG_8137.JPG20210702203124_IMG_8126.JPG1000000338.jpg20210702201537_IMG_8107.JPG20210702194907_IMG_8086.JPG20210702182304_IMG_8010.JPG20210702184203_IMG_8039.JPG20210702215542_IMG_8239~2.JPG20210702181610_IMG_7992.JPG

     

    images
    बिहिवार, चैत्र २९ २०८००८:०७:५६

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार