मंगलवार, कार्तिक २० २०८१
कार्तिक २० गते । डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीलाई बिना ब्याज ५ लाख रुपैयाँ शैक्षिक ऋण दिने भएको छ ।
नगरपालिकाले एसईई वा सो तह भन्दा माथिको प्राविधिक तथा व्यवसायिक शिक्षा - एचए, ओभरसियर, स्टाफ नर्सिङ, इन्जिनियरिङ, पाइलोटिङ, एमबिबिएस, कृषि, पशु सूचना प्रविधि लगायतका विषय अध्ययन गर्ने विद्यार्थीका लागि शैक्षिक ऋण कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको स्थानीय तहको कानून निर्माण प्रक्रिया ऐन, २०७५ को दफा २४(५) बमोजिम परशुराम नगरपालिकाको परशुराम नगरपालिकाको प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने सम्बन्धमा बनेको निर्देशिका. २०८१ जारी गरेको छ।
परशुराम नगरपालिका क्षेत्र भित्र स्थायी बसोवास गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर ऋण दिई स्वदेशमै उच्च शिक्षा अध्ययनमा नगरपालिकाको तर्फबाट सुबिधा दिने सम्बन्धमा निर्देशिका बनाउन वाञ्छनिय भएकोले नेपालको संविधानको धारा २२६ धमोजिम यस परशुराम नगरपालिकाको चौधौ नगर सभाबाट यो निर्देशिका पारित गरी साग गरिएको उल्लेख छ।
परशुराम नगरपालिका क्षेत्रभित्र स्थायी बसोवास गर्ने प्रावधिक तथा व्यावसायिक शिक्षा अध्ययन गर्ने चाहने आदिवासी, दलित, महिला, पिछडिएको वर्ग, लोपोन्मुख जाती, घाइते, अपांग, शहिद परिवार, जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई परशुराम नगरपालिकाले अधिकतम रकम रु. ५,००,०००। अक्षरेपी पाँच लाख रुपैयासम्म ऋण प्रदान गर्न सक्नेछ ।
ऋण माग गर्ने विद्यार्थीले अध्ययन गरने विषय संकाय र शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त था नेपाल सरकारद्वारा मान्यता प्राप्त हुनुपर्ने निर्देशिकामा उउलेख गरिएको छ ।
निर्देशिका हेर्न यहाँ Click गर्नुस् ।