Aug 13 2026 | २०८३, श्रावण २८ गते

प्याब्सन काठमाडौको १६औं जिल्ला अधिवेशन सम्पन्न : अध्यक्षमा नवराज भट्ट

प्याब्सन काठमाडौको १६औं जिल्ला अधिवेशन सम्पन्न : अध्यक्षमा नवराज भट्ट

  • 466
    SHARES

  • प्याब्सन काठमाडौको १६औं जिल्ला अधिवेशन सम्पन्न : अध्यक्षमा नवराज भट्ट

    पुस, २८ गते काठमाडौ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) काठमाडौंको १६औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिवार काठमाडौ बत्तीस पुतलिस्थित अनुपम फूडलेन्ड भेन्युमा तत्कालीन अध्यक्ष प्रेम कुमार राईको सभापतित्व तथा प्याब्सन केन्द्रिय अध्यक्ष डिके ढुङ्गानाको प्रमुख अतिथ्यतामा उद्घाटन भएको १६औँ जिल्ला अधिवेशन सम्पन्न भएको हो।

    अधिवेशनले नवराज भट्ट (तत्कालिन वरिष्ठ उपाध्यक्ष)  लाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। साथै डिएन अधिकारीलाई कोषाध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

    प्याब्सन काठमाडौ जिल्ला कार्यसमितिको पदाधिकारी मध्य वरिष्ठ उपाध्यक्ष र सचिवमा भने निर्वाचन मार्फत नेतृत्व चयन भएको छ। जसमध्ये वरिष्ठ उपाध्यक्षमा सुदर्शन थापा निर्वाचित भएका छन्। उनको प्रतिद्वन्द्वी तत्कालिन उपाध्यक्ष रिता राई दाहल तीन मत अन्तरले पराजित गरे। त्यसैगरी सचिवमा कृष्ण भण्डारि निर्वाचित भएका छन। उनले प्रत्यासी ओम ढकाललाई ३५ मतले पराजित गरे।

    अधिवेशनले बर्तमान कार्यसमितिमा उपाध्यक्षमा आरबी अधिकारी र धनबहादुर पुन र महिला तर्फबाट ईशु गुरुङलाई उपाध्यक्षमा निर्विरोध चयन गरेको छ। त्यस्तै शिव प्रसाद अर्याल, सौर्यनाथ आचार्य, दिनेश कुमार पाण्डे र नारायण रोकालाई सहसचिवमा निर्विरोध चयन गरेको छ।

    अधिवेशन समापन पश्चात् निवर्तमान अध्यक्ष प्रेम कुमार राईले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभयो। प्याब्सन काठमाडौ जिल्ला अधिवेशन उद्घाटन प्रमुख अतिथी तथा प्याब्सन केन्द्रीय अध्यक्ष डिके ढुंगानाले उद्घाटन गर्नुभएको थियो।

    यस्तोछ कार्यसमिति ।

    IMG20250112170549.jpgIMG20250112170558.jpg

    images
    आइतवार, पौष २८ २०८१०८:५२:३७

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार