Aug 13 2026 | २०८३, श्रावण २८ गते

'सामाजिक संजाल अवसर र चुनौती' अन्तर- स्कुल वक्तृत्वकला प्रतियोगिता सम्पन्न

'सामाजिक संजाल अवसर र चुनौती' अन्तर- स्कुल वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • 958
    SHARES

  • 'सामाजिक संजाल अवसर र चुनौती' अन्तर- स्कुल वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    जेठ, ११ गते/ काठमाडौ। निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नागार्जुन नगरपालिकाले अन्तर स्कुल वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। नागर्जुन नगर अध्यक्ष वासुदेव घिमिरेको सभापतितब तथा नागार्जुन नगरपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुँवरको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता सम्पन्न भएको हो।

    प्रतियोगितामा स्वयम्भूस्थित द एक्सेल पब्लिक स्कुलकी छात्रा दिपिका गजमेरले प्रथम स्थान हासिल गरिन्। त्यस्तै रानिवनस्थित बाटिका स्कुलकि आर्जिका भट्ट दोस्रो स्थान र मन्डेला इन्टरनेशनल स्कुलकी सदिक्षा सर्माले तृतीय स्थान हासिल गरि। त्यस्तै चेतना सदन स्कुलका दिप्सन ढकालले प्रोत्साहन पुरस्कार पाए।

    उक्त प्रतियोगितामा नागार्जुन नगरपालिका नगर शिक्षा प्रमुख कृष्ण कुँवरले विद्यार्थीहरुलाई ट्रफी, तथा प्रमाण वितरण गर्नुभयो। उहाँले अतिरिक्त क्रियाकलापले विद्यार्थीको समग्र बिकासमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। अतिरिक्त क्रियाकलाप हुने विद्यालयमा पढाई पनि राम्रो हुने र विद्यार्थीहरुको आकर्षक पनि हुने भएकोले संस्थागत विद्यालयको सिकाई उपलब्धी पनि राम्रो भएको बताउनुभयो। साथै उहाँले शिक्षा निजि र सामुदायिक कहिले नहुने भन्दै नागार्जुन नगरपालिकाले शिक्षामा विभेद नगरेको प्रस्ट पार्नुभयो।

    कार्यक्रममा सभापति तथा नागार्जुन नगरपालिकाका अध्यक्ष वासुदेव घिमिरेले बिजेता तथा सहभागी विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो ।

    वक्तृत्वकला प्रतियोगिता कार्यक्रम नागार्जुन प्याब्सनका सचिव प्रकाश शाहिले संचालन गर्नुभयो भने उपाध्यक्ष डि.बि. ढकालले स्वागत मन्तव्य दिनुभयो। कार्यक्रममा नागार्जुन नगरपालिका प्याब्सनका पदाधिकारी, सदस्य तथा विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिती रहेको थियो।

    उक्त कार्यक्रम सितापाइला(थापागाउ) स्थित इलेन मेमोरियल स्कुलमा आयोजना गरिएको थियो।

    पालिका स्तरिय वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगिहरु जेठ १५ गते हुने जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा सहभागी हुने छन्।

    images
    आइतवार, जेठ १२ २०८२१०:३१:३८

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार