शनिवार, माघ ४ २०८२
काठमाडौँ । काठमाडौँ बर्नहार्ट सेकेन्डरी स्कुल/कलेजको वार्षिक स्पोर्ट्स मिट भव्य रूपमा सुरु भएको छ। शुक्रवार एक भब्य समारोहका बिच 'BernHardt Annual Sports Meet- 2082' शुरु भएको हो।

विभिन्न खेल विधाहरू समेटिएको स्पोर्ट्स मिटमा टेबल टेनिस, भलिबल, बास्केटबल, फुटसल, टेवल टेनिस, हाइजम्प, लङजम्प, सटपुट, ब्याडमिन्टन, क्रिकेट, म्याराथन, तानडोरी, ज्याभलिन थ्रो, रिले रेस तथा विभिन्न दौड प्रतियोगिताहरू समावेश गरिएका छन्। स्पोर्ट्स मिटमा एक हजार भन्दा बढी विद्यार्थीहरु सहभागी हुने अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख सुजन रेग्मिले बताए।

रेग्मीका अनुसार फुटसलतर्फ ४२ टिम, बास्केटबलमा ३२ टिम, क्रिकेटमा ४ टिम, भलिबलमा १२ टिम तथा चेसमा करिब १५० जना विद्यार्थी सहभागी छन्।
स्पोर्ट्स मिटको उद्घाटन काठमाडौँ बर्नहार्ट सेकेन्डरी स्कुलका व्यवस्थापन समितिका अध्यक्ष भुपेश छत्कुली र प्रिन्सिपल पुरुषोत्तम बिष्टले संयुक्त रूपमा बल हस्तान्तरण गर्दै गर्नुभएको हो।

उद्घाटन समारोहमा भाइस प्रिन्सिपल शिवराम रिजाल तथा प्रशासन प्रमुख रामचन्द्र थापाको समेत उपस्थिति रहेको थियो। खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक विकास, अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले स्पोर्ट्स मिट आयोजना गरिएको हो।









