Aug 13 2026 | २०८३, श्रावण २८ गते

शिक्षक महासंघ र प्रधानाध्यापकज्यूहरू, विद्यार्थीलाई "झुटको खेती" कहिलेसम्म सिकाउने? - पण्डित

शिक्षक महासंघ र प्रधानाध्यापकज्यूहरू, विद्यार्थीलाई "झुटको खेती" कहिलेसम्म सिकाउने? - पण्डित

  • 466
    SHARES

  • शिक्षक महासंघ र प्रधानाध्यापकज्यूहरू, विद्यार्थीलाई "झुटको खेती" कहिलेसम्म सिकाउने? - पण्डित

    "शिक्षकले झुट बोल्दैन" — यो समाजको ठुलो विश्वास हो। तर, जब संविधानको धारा ३१ पढाउने गुरुहरू नै आफ्नो माग पुरा गराउनको लागि महिनौँ सडकमा कुद्छन्, अनि उधारो सम्झौता गर्छन अनि विद्यार्थीको संविधान प्रदत हकको कुरा गर्दैनन् तब प्रश्न उठ्छ: के उनीहरूले विद्यार्थीलाई सत्य सिकाइरहेका छन् कि उनीहरूको स्वार्थ वा विद्यार्थीबाट शुल्क लिइ अध्यापन? के यो कानुनी अपराध होइन र?

    १. संविधान: मान्ने कि बुझाउने मात्र?

    प्रधानाध्यापक तथा शिक्षकले विद्यार्थी तथा अभिभावकलाई किन , "सरकारले संविधान मानेन।" भनेर सिकाउन सकेका छैनन्। उल्टो विभिन्न कक्षामा भर्नाको लागि विद्यार्थीसँग शुल्क लिएर परीक्षा लिई परीक्षामा उत्तीर्ण विद्यार्थीलाई मात्र अध्यापन गराउने प्रवृत्तिले शिक्षाले के सिकाइरहेको छ। संविधानले भनेको कुरा नमानी विद्यार्थीबाट शुल्क लिनु पनि अपराध नै हो, हैन त?नेपालको संविधान २०७२ को भाग भाग ३, धारा ३१ ले ग्यारेन्टी गरेको विद्यार्थीले आधारभूत तहको शिक्षा"अनिवार्य र नि:शुल्क अनि माद्यमिक तहको शिक्षा निःशुल्क पाउने हक" लाई कुण्ठित गरेर तपाईंले संविधान मान्नुभएको छ त? आफ्नो हक खोज्दा विद्यार्थीको हक खोस्न मिल्छ त?

    २. सडकमा शिक्षक, अन्योलमा भविष्य:

    महिनौँ दिनसम्म पठनपाठन ठप्प पारेर गरिने आन्दोलनले कसको हित गर्छ? शिक्षकले जे बोल्छ सही बोल्छ भन्ने विश्वासलाई तपाईंको सडकको दौडधुपले कति कमजोर बनाएको छ, कहिल्यै सोच्नुभएको छ? फेरी शिक्षक बोल्नुहुँदैन । जब शिक्षक बोल्छ नि उसले हनुमानको हुँकार निकाली सिंहदरबारका पर्खालहरु चर्कनु पर्छ र सरकारको अस्तित्व डगमगाउन पर्छ। बल्ल बोलेको अर्थ रहन्छ। तर बिडम्बना शिक्षक महासंघ जसमा विशुद्ध शिक्षक अट्नै सक्दैन जसले आह्वान गरेको आन्दोलनमा लाखौं शिक्षक सडकमा सहभागी हुन्छन्,आन्दोलन गर्छन् सरकार सुन्दैन। यसले शिक्षक महासंघको अस्तित्व माथि नै धावा बोलेको छ। जब शिक्षक आन्दोलित हुन्छ नि उसको सवालमा विद्यार्थी, अभिभावक र समग्र मानव समाजले असहज महशुस गर्दै उनीहरको आन्दोलनमा ऐक्यबद्धता भावनात्मक र भौतिक रुपमा हुनुपर्ने हो। त्यसैले शिक्षक आन्दोलन आफै लजाएको छ, हैन र?

    ३. प्रधानाध्यापकको मौनता कि समर्थन?

    विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापकहरू कहिले विद्यार्थीको पक्षमा उभिने? दलीय राजनीतिको कार्यकर्ता बन्ने कि शिक्षाको मन्दिरको सच्चा पहरेदार बनी विद्यार्थीलाई सत्मार्ग हिड्नको लागि उत्प्रेरित हुने? नेपालको सन्दर्भमा वर्तमान शिक्षा जताततै चुकेको छ:

    १. भाषा, धर्म, संस्कार र संस्कृतिमा बुझाउनु पर्दैन?

    २. हिजोको दिनमा शिक्षकले सही र सत्य सिकाएको भए तीनै पूर्व विद्यार्थीले उत्पादन गरेको विद्यार्थी आज किन भ्रष्टाचार, कुसंस्कार र ढिलासुस्तिमा लिप्त रह्यो, के यो पनि शिक्षाले दिन नसकेको नतिजा होइन र?

    ३. आज शिक्षक भन्दै छ विद्यालयमा १९/२० थरिका शिक्षक छन भन्दै गर्दा ती सबै शिक्षक नेतृत्वको स्वीकारले होइन र?

    ४. विद्यालयमा कार्यरत कर्मचारीको न्यायोचित व्यवस्था र उचित ज्यालाको लागि आवाज बन्न सक्नुपर्दैन र?

    ५. जहाँ शिक्षक र शिक्षण पेशा अपमानित हुन्छ त्यो समाज सभ्य र शिष्ट कहिल्यै हुन सक्दैन भन्ने चेतना दिने कार्य पनि शिक्षकको नै होइन र?

    ६.आजको शिक्षक अझै पनि दण्ड र जरिवानामा विश्वास गर्छ र सोही अनुसार चलेको छ किनकि गुरुकुल शिक्षण विधि र पश्चिमा शिक्षण विधि बीचको असमानताको बोधको सिकार शिक्षक बनेको छ भने । न उ गुरुकुलीय शिक्षक बनेको छ न वर्तमान पश्चिमा मुलुकमा रहेको विधिको पूर्ण रूपमा उपयोग गरेको छ। म यता न उताको शिक्षा बनेको छ नेपालमा।

    ७. प्रत्येक राष्ट्रको शिक्षा त्यही राष्ट्रको हावापानी,माटो, धर्म, संस्कार र संस्कृति अनुरूपको वर्तमान विज्ञान र प्रविधि अनुरुपको हातमा सिप सहितको शिक्षा हुनुपर्ने हो। त्यो सिकाउन सकेको छैन, किन?

    ८.सरकारले शिक्षक संघ संगठन र महासंघलाई दवाव समूहको रूपमा स्वीकार गर्न नसक्नु शिक्षक र सरकार दुवैको कमजोरी रहेको छ।

    ९. शिक्षकले आन्दोलन गर्दा राष्ट्रको शैक्षिक नितिको स्पष्ट खाका कोरी सोही लागि गर्नको लागि नेपाली जनतालाई बुझाउँदै सरकारलाई दवाव दिन सक्नुपर्ने हो। त्यो हुन सकेको छैन।

    चेतनाको दियो बालौँ! शिक्षाको मन्दिरमा राजनीति होइन, ज्ञानको खेती हुनुपर्छ। संविधानको धारा ३१ लाई कागजमा होइन, कक्षाकोठामा लागू गरौँ।

    ⚠️ मलाई साथ दिनुहोस् र यो बहसलाई अगाडि बढाउनुको लागि हजुरको आवाज भरिदिनुहोस्!

    👉 के शिक्षकहरूले आफ्नो मागका लागि विद्यालय बन्द गर्नु सही हो? यसलाई मनन् गरौं।

    👉 तपाईंको विचारमा शिक्षकको पहिलो कर्तव्य के हुनुपर्छ?

    यो शैक्षिक भद्र अवज्ञामा सरिक हुनुहोस् । मुख्यगरी विद्यार्थी भाइबहिनीहरू यो अवज्ञा तपाईंको लागि हो। एकपटक संविधान पढेर प्रत्येक जनप्रतिनिधि र शैक्षिक संस्थामा दवाव सिर्जना गरी एक दिपकको काम गर्ने बेला भएन र?

    चन्द्रकान्त पण्डित

    सिध्दिगणेश मावि पकनाजोल काठमाडौं।

     

    images
    आइतवार, चैत्र २२ २०८२०७:३२:५३

    विद्यार्थी डट कम

    सम्बन्धित समाचार